अभिनेत्री उषा रजक दुर्घटनामा परी घाइते

काडमाडौं – अभिनेत्री उषा रजक स्कुटर दुर्घटनामा परी घाइते भएकी छन्। सानेपाबाट घर फर्कने क्रममा उनी सवार स्कुटरलाई विपरीत दिशातिरबाट आएको स्कुटरले ठक्कर दिएको थियो।

म्युजिक भिडियो सुटिङका लागि लुगा लिएर घर फर्किने क्रममा मंगलबार उनी दुर्घटनामा परेकी हुन्। सामान्य उपचारपछि घर फर्किएकी उनलाई साँझ दुःखाइ बढेपछि नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिको थियो। उनको बायाँ घुँडा र टाउकोमा चोट लागेको छ।

कोरोना परीक्षणपछि उनलाई अस्पतालको आइसोलेसनमा राखिएको छ। कोरोनाको रिपोर्ट आएपछि बाँकी उपचार हुने बताइएको छ। दुर्घटना भएपछि भिडियोको छायांकन रोकिएको छ।

उनी अभिनीत फिल्म ‘वान डे’, ‘इकु : द जंगल म्यान’ र ‘कुसुमे रुमाल २’, ‘कथा’, ‘कठपुतली’ बजारमा आएका थिए। उनले सन् २००६ मा मिस नेपाल युनिभर्सिटीको उपाधि पनि जितेकी थिइन्।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​