“चानचुन पैसा” गीतको भिडियो बजारमा (भिडियो)

वीरगञ्ज — “चानचुन पैँसा” बोलको नया प्रेमिल गीत बजारमा सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राई र लोकप्रिय गायक प्रताप दासको सुमधुर स्वरमा सजिएको गीतको शब्द सृजना प्रहलाद शाहले गर्नुभएको छ ।

शाहले यसअघि पनि थुप्रै चर्चित गीतहरुको सृजना गरीसक्नुभएको छ । शाहका शब्दलाई चर्चित संगीतकार सुवास भुषालले संगीत दिनुभएको छ । पुरुषोत्तम सुवेदीले एरेञ्ज गर्नुभएको गीतलाई प्रकाश मिश्राले इडिटिङ् गर्नुभएको छ । एकोस्टिक नेपाल स्टुडियोबाट रेर्डिङ् भएको गीतलाई राजाबाबु थारुले रेर्कड गर्नुभएको हो ।

शिशिर श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ, अभिनेत्रि पूजा शर्मा, सन्तोष बानिया र गीता ढुंगानाले अभिनय गर्नुभएको छ । नवराज उप्रेतिले छायांकन गरेको गीतको भिडियोमा मनिक पाख्रिनले कला निर्देशन गर्नुभएको छ ।

सुवोल थापाले नृत्य कोरियोग्राफर गरेको भिडियोको इडिटिङ् अमृत चापागाईले गर्नुभएको छ ।

भिडियो :

 

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​