गायक जे वी ओलीले राखे मेलिना राईलाई प्रेम प्रस्ताब (भिडियो)

वीरगञ्ज —  चर्चित लोक तथा दोहोरी गायक जेवी ओलीको नया गीत कालि आइ लभ यु सार्बजनिक भएको छ ।

गायक ओलीकै शब्द तथा संगीत र गायक ओली र लोकप्रिय गायिका मेलिना राईको सुमधुर आवाजमा सजिएको गीतलाई सार्बजनिक भएको छोटो समयमै धेरै दर्शक श्रोताहरुले रुचाइदिएका छन् ।

आलाप रेकर्डिङ् स्टुडियोबाट रेकर्ड भएको गीतलाई झलक संगीतमले इडिटिङ् तथा मिक्सिङ् गर्नुभएको छ ।

बहुचर्चित नृत्य निर्देशक तथा मोडल शंकर बिसिले निर्देशन गरेको गीतको भिडियोमा स्वयम शंकर बिसि, महेन्द्र गौतम, अञ्जली अधिकारी र करिश्मा ढकालले अभिनय गर्नुभएको छ ।

दुर्गा पौडेलले छायांकन गरेको गीतको भिडियोलाई नविन घर्ति मगरले इडिटिङ् गर्नुभएको छ । दाङ जिल्लाको श्रीगाउमा जन्मिनुभएका ओली निकै लामो समयदेखी गीत संगीत क्षेत्रमा अनवरत रुपमा लागीरहनुभएको छ ।

हाल प्रदेशी भुमिमा रहेर पनि नेपाली गीत संगीलाई निरन्तरता दिदै आउनुभएका ओलीका बजारमा दर्जनौ चर्चित गीतहरु दर्शक श्रोताहरुले मन पराएका छन् ।

भिडियो :

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​