दिउँसो १ बजेसम्म पनि आएनन् कर्मचारी, सेवाग्राही कुर्दा कुर्दै थाके

वीरगञ्ज —  पर्साको बिन्दवासिनि गाउँपालिका वडा न. ३ को स्वास्थ्य चौकी बिहान कार्यालय सहयोगीले खोलेर गएपनि दिउँसो १ बजेसम्म पनि कोही कर्मचारी नआएको सेवाग्राहीले गुनासो गरेका छन् ।

बिरामी भई स्वास्थ्य चेकजाँच गराउन आएका सेवाग्राहीहरु बिहानैदेखी स्वास्थ्यकर्मी आउने आशमा बसीरहेका छन् । तर ४ घण्टाको लामो प्रतिक्षा गर्दा पनि कोही नआएपछि आफुहरु निराश भएर फर्किएको सामान्य ज्वरो आएर चेकजाँच गराउन आएका एक सेवाग्राहीले बताए ।

स्वास्थ्य चौकी जस्तो संवेदनशिल संस्थालाई बन्द गरेर सेवाग्राहीको स्वास्थ्यमा खेलवाड गर्नु कदापि सह्य नहुने युवा सञ्जाल बिन्दवासिनि गाउँपालिकाका संयोजक मधुसुदन चौरसियाले बताउनुभयो ।

ज्वरो आउने, टाउको दुख्ने, घाउ तथा चोट पटकको परिक्षण गराउने देखी नियमित चेकजाँचको लागी आएका १०/१२ जना सेवाग्राहीहरु बिहान १० बजेदेखी दिउसो १ बजेसम्म कुरेर फर्किएको इटीहाईका स्थानीय युवा सुरज रामले बताउनुभयो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​