सुनको मूल्य प्रतितोला चार सयले बढ्यो

वीरगञ्ज १८ कात्तिक । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ।

महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ।

आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला रु ९५ हजार र तेजाबी सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार भएको थियो।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला रु पाँचले वृद्धि भई एक हजार २१० पुगेको महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​