रौतहटको कटहरियामा १ हजार जनाको निशुल्क आँखा परिक्षण

वीरगञ्ज —  रौतहटको कटहरिया नगरपालिकामा आयोजित निशुल्क आँखा शिविरमा १ हजार जनाको आँखा परिक्षण गरिएको छ । परिक्षण गरिएकामध्ये २ सयभन्दा बढी व्यक्तिको आँखामा मोतियाबिन्दुको समस्या देखिएको छ ।

वीरगञ्जको माट्रिका आई फाउण्डेशन र नारायणी बयोधा अस्पतालको सहयोग र सामाजिक अभियन्ता राजकुमार साहको पहलमा कटहरिया नगरपालिका वडा नम्बर ६ मा निशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

स्थानीय बासिन्दा तथा विपन्न परिवारलाई गाउँमै उपचार सेवा दिने उद्धेश्यले आँखा शिविर आयोजना गरिएको अभियन्ता साहले बताउनुभयो ।
शिविरमा आँखा जाँच गराएका मध्ये २१३ जनालाई आँखाको मोतियाविन्दु र मासु पलाएको भेटिएकाले थप उपचारका लागि निःशुल्क शल्यक्रिया गर्न वीरगन्ज सिफारिश गरिएको छ । त्यस्तै जाँच गराएका एक जनाको आँखामा जटिल समस्या देखिएकाले शुक्रबार नै वीरगंज बोलाइएको आँखा जाँचमा संलग्न स्वास्थ्यकर्मी महेशसिंह धामीले जानकारी दिनुभयो ।

शिविरमा आँखा जाँच गर्न आएका १ सय जनालाई निःशुल्क चश्मा समेत वितरण गरिने साहले बताउनुभयो । शिविरमा विशेषगरी आँखाको जाँच गरिनुका साथै अन्य रोगको जाँच पनि गरिएको थियो । जसमध्ये १५० जनालाई निशुल्क औषधी पनि वितरण गरिएकोसाहले बताउनुभयो ।

मोतियाबिन्दुको उपचार गर्नुपर्ने देखिएका आँखाका बिरामीलाई आउँदो मंसिर ७ गतेदेखि ११ गतेसम्म वीरगंजमा उपचार गरिने पनि उहाँले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश नं २ का सह ईन्चार्ज नागेन्द्र चौधरीको प्रमुख आथ्यितामा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा कटहरिया नगरपालिकाकी उप मेयर नुरजहा खातुन, नेकपा नेता मनोज चौधरी, अनेरास्ववियूका केन्द्रीय सदस्य शिवम साह लगायतको उपस्थिति रहेको थियो ।

No description available.

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​