वीरगञ्जको सोलखपुरमा किशोरीहरुको लागी मनोसामाजिक परामर्शसम्बन्धि अभिमुखिकरण

वीरगञ्ज  —  वीरगञ्ज महानगरपालिका वडा न. ३१ सोलखपुरमा आइतवार किशोरीहरुको लागी मनोसामाजिक परामर्शसम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

विश्वभरी फैलिएको कोरोना भाइरसको महामारी र लकडाउनका कारण घरमै बस्दा किशोरीहरुमा पर्न गएको मानसिक तथा सामाजिक प्रभावलाई न्युनिकरण गर्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग एवम नेपाल ग्रामीण पुनर्निर्माण संस्था द्वारा संरक्षण नेपाल र चाइल्ड नेपालको सहकार्यमा संचालित किशोरी सम्बाद कार्यक्रम अन्तरगत आयोजित तालिममा रन्जु भण्डारीले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमको बारेमा किशोरी संवादका प्रकाश पाण्डेले प्रकाश पार्नुभएको थियो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​