गीतकार पुनम मोथेको सृजनामा ‘पहिलो माया’ सार्बजनिक (भिडियो)

वीरगञ्ज —  गीतकार पुनम मोथेको शब्द सृजनामा ‘पहिलो माया’ बोलको प्रेमील गीत सार्वजनिक भएको छ ।

संगीतकार शंकर थापा (स्माईल) को संगीत संयोजनमा रहेको गीत नेपाल आइडलबाट उदाएकी चर्चित गायिका रचना रिमालको सुमधुर स्वरमा सजिएको छ ।

प्रेम कथालाई चित्रण गरिएको गीतको भिडियोलाई निकेस खड्काले निर्देशन गर्नुभएको छ ।

चर्चित नायिका केकी अधिकारी, मोडल सुधिर श्रेष्ठ र टेलिश्रंखलाबाट चर्चा कमाउन सफल एवम् पछिल्लो समय डान्सिङ्ग विथ द स्टारमा व्यस्त प्रियाना आचार्यले भिडियोमा अभिनय गर्नुभएको छ ।

बुद्ध थापाले छायांकन गर्नुभएको गीतको भिडियो पुनम मोथे अफिसियल युट्युव च्यालनमार्पत सार्वजनिक गरिएको छ । भिडियोको सम्पादन बिकास धमलाले गर्नुभएको छ भने समरा जोशीले मेकअप गर्नुभएको छ ।

यसअघिका “झुठो रैछ तिम्रो माया” र “सयौं जुनी” जस्तै ‘पहिलो माया’ लाई दर्शक श्रोताहरुले रुचाइदिनेमा गीतकार मोथे विश्वस्त हुनुहुन्छ ।

भिडियो :

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​