नेपाल बराबरीमा रोकियो, सिरिज बंगलादेशको पोल्टामा

वीरगञ्ज २ मंसिर । नेपाल बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण दोस्रो खेलमा बराबरीमा रोकिएको छ । मंगलबार भएको खेलमा नेपाल घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो ।

योसँगै मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिजको उपाधि बंगलादेशले जितेको छ । यसअघि सिरिजको पहिलो खेलको जितेको घरेलु टोलीले मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको उपाधि पनि जितेको हो ।

खेलमा पहिलोपटक सिनियर टोलीमा परेका डिफेन्डर छिरिङले पहिलो रोजाइमा पर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । नेपालका लागि विभिन्न उमेर समूहमा खेलिसकेका उनी घरेलु लिग च्यासल युवा क्लबबाट खेल्दै आएका छन् ।

त्यस्तै पूजन उपरकोटी र सेसेहाङ आङडेम्बेले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । पूजन दोस्रो हाफमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए । त्यस्तै सेसेहाङले ७२औं मिनेटमा डेब्यु गरे । उनले विकास खवासको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​