नेपाल र बङ्गलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै

वीरगञ्ज २ मंसिर । मैत्रीपूर्ण फुटबल खेल खेल्न बङ्गलादेश पुगेको नेपाली फुटबल टोली र बङ्गलादेशबीच आज दोस्रो तथा अन्तिम खेल हुँदै छ ।

बङ्गबन्धु रङ्गशालामा हुने खेल नेपाली समयअनुसार अपरान्ह पौने ५ बजे सुरु हुने छ ।

मैत्रीपूर्ण खेलको श्रृंखला जित्‍न नेपाललाई जित्‍नैपर्ने दबाब रहेको छ भने बङ्गलादेशलाई बराबरी मात्र पनि काफी हुने छ ।

यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २-० ले पराजित भएको थियो ।

लामो समयपछि खेल्नुका साथै नयाँ खेलाडी भएका कारण फिटनेसको समस्याले पहिलो खेलमा सोचेअनुरुप नतिजा निकाल्न नसकेको बताउँदै प्रशिक्षक बालगोपाल महर्जनले दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने प्रतिबद्धताा व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​