आसन्न निर्वाचनले कुशल नेतृत्व र अर्थतन्त्रमा फरक आयाम ल्याउनेमा विश्वस्त

सुवोध कुमार गुप्ता

झण्डै ७ महिनाको लामो समयसम्म नेपालमा खाद्यान्न पदार्थको अभाव नहुनु पक्कै पनि सुखद संकेत हो ।

यसले केही रुपमा भएपनि नेपाल आत्मनिर्भरतातर्फ उन्मुख भइरहेको प्रमाणित गर्छ । तर आगामी दिनमा पनि यस्ता थुपै्र किसिमका प्राकृतिक तथा दैविक विपत्तिहरु नआउलान भन्न सकिदैन ।

तसर्थ जस्तो सुकै परिस्थितीमा पनि आम उपभोक्ता एवम् जनतालाई खाद्यान्न पदार्थको अभाव हुन नदिनु भनेकै समृद्धिको सपनाले साकार रुप लिनु हो ।

तथापी अँझै पनि विभिन्न किसिमका बाधा व्याबधानहरु छन्, जसका कारण आत्मनिर्भर हुन र आयात कम गरेर निर्यात बढेको हामीले देख्न पाइरहेका छैनौ ।

‘समृद्धिको आधार, राज्य : निजी क्षेत्र साझेदार’ भन्ने मुल नाराका साथ निर्वाचनमा उत्रिएको हाम्रो समुहले नेपाललाई आर्थिक सम्मुनत अनि सुदृढ गर्नेमा र खाद्यान्नमा आत्मनिर्भर बनाउनमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास दिलाउन चाहन्छौ ।

तेल, दालमा अँभैm पनि ९० प्रतिशत भन्दा बढी कच्चा पदार्थको आयात भइरहेको छ । त्यसैगरी धान तथा चामलको आयात ६० प्रतिशतको हाराहारीमा भइरहेको छ । यसरी तेलहन, दलहन लगायतका खाद्य पदार्थमा पनि आयातको मात्रा बढी भइरहँदा मुलुकलाई नोक्सान हुनु र जनता गरीब हुनु स्वभाविक हो ।

फलस्वरुप कृषिमा आधुनिककरण, र औद्योगिक क्रान्ति बिना राष्ट्रको समृद्धि असम्भव छ ।

सर्वप्रथम कृषिमा लगानी बढाउनुका साथै, बैज्ञानिककरण एवम् आधुनिककरण गर्नु अहिलेको प्रमुख आवश्यक्ता हो ।

कच्चा पदार्थको उत्पादन पनि स्वदेशमै बृद्धि गर्न सकियो भने यसले आत्मनिर्भर बनाउनमा थप टेवा पुग्न सक्ने निश्चित छ ।

हालसम्म पनि नेपालमा अपेक्षा अनुसारको अर्थतन्त्रको बिकास हुन सकेको छैन । व्यापारमा व्यावसायिहरुले नोक्सानी बेहोर्नुपरीरहेको छ ।

यस्ता तमाम खाले समस्याहरको जड भनेकै अर्थतन्त्रको बिकास हुन नसक्नु हो । परिणामस्वरुप अर्थकर्मी, राजनितिज्ञ, व्यावसायि लगायतको सयुक्त सहकार्यमा मात्रै अर्थतन्त्रको बिकास सम्भव छ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनले कुशल नेतृत्व र उद्योग तथा व्यावसायमा फरक आयाम ल्याउन सक्नेमा विश्वस्त छु

‘समृद्धिको आधार, राज्य : निजी क्षेत्र साझेदार’ भन्ने मुल नाराका साथ निर्वाचनमा उत्रिएको हाम्रो समुहले नेपाललाई आर्थिक सम्मुनत अनि सुदृढ गर्नेमा र खाद्यान्नमा आत्मनिर्भर बनाउनमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास दिलाउन चाहन्छौ ।

अर्थतन्त्रमा सुधार आयो भने देशलाई र देशवासीलाई सम्पन्न बनाउनमा कसैले रोक्न सक्तैन ।

लेखक नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बस्तुगत तर्फबाट केन्द्रिय सदस्य पदका उम्मेदवार हुन् ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​