छठ पर्वको अवसरमा जसपा पोखरीयाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

वीरगञ्ज जनता समाजवादी पार्टी पोखरिया नगरकमिटिको आयोजनामा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको इतिहासमै पहिलोपटक महिलालाई प्रदेश सरकारले ५० प्रतिशत आरक्षण दिएको बताउनुभयो ।

पोखरिया नगरपालिकालाई सेटेर्लाइट सहरको रुपमा बिकास गर्ने योजना पनि उहाँले अघि सार्नुभयो । साथै पोखरिया जिल्ला अस्पताको स्तरोन्नती र अस्पतालमा कर्मचारी व्यवस्थापन एवम अन्य संरचनाको बिकासको लागी प्रदेश सरकार तत्पर रहेको उहाँले बताउनुभयो ।

पर्सा जिल्लाको बिकासका लागी थुप्रै योजना र सपना भएपनि संघिय सरकारको असहयोगका कारण सपनाहरुलाई साकार रुप पार्न नसकेको उहाँले आक्रोश पोख्नुभयो ।

पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रहलाद गिरि, मन्जुर अन्सारी, पोखरीया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियार, पकाहमैनपुर गाउपालिकाका अध्यक्ष बिजय चौरसिया, जसपाका नेता नेजामोदिन समानी, केन्द्रिय सदस्य रामनरेश यादव, तबरेज अहम्द, यु एन डिपिका प्रतिनिधि बिपुल झा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा युएन डिपिको सहयोगमा ३७ लाख बराबरको भेन्टिलेटर १ थान र अक्सिजन कन्स्लटेटर १ थान मुख्यमन्त्री राउत मार्फत अस्पतालका अध्यक्ष लक्षुमन साह र मेडिकल सुपरिटेण्डेण्ट अनिल यादवलाई हस्तान्तरण गरिएको थियोे ।

जसपाका नगर अध्यक्ष राजु साहले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण उमेश पटेलले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​