दोस्रो निर्मल गोल्डकपको उपाधी सुवर्ण युवा क्लबको कब्जामा

वीरगञ्ज — पर्साको ठोरि गाउपालिका वडा न. २ निर्मलबस्तीमा जारी दोश्रो निर्मल गोल्डकपको उपाधी सुवर्ण युवा क्लब सुवर्णपुरले जितेको छ ।

निर्मल समाज युवा क्लब लाई ट्राइब्रेकरमा ११(१० गोल अन्तरले हराउदै सुवर्णपुरले उपाधी कब्जा गरेको हो । अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धा भएको फाइनल खेलको पहिलो हाफमा टीम मिलनचोकले १ गोल गरेको भएपनी दोश्रो हाफको अन्तिम समयमा सुवर्णपुरले १ गोल गरेपछि बराबरी भएको थियो ।

जीतसंगै सुवर्णपुरले नगद पचास हजार पाँच सय सहित शील्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता मिलनचोकले नगद पच्चीस हजार पाँच सय सहित शील्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै खेल भरीकै उत्कृष्ट खेलाडीको उपाधी मिलनचोकका जर्सी नं. ७ का प्रदिप लामा र सबै भन्दा धेरै गोल गर्ने खेलाडीको उपाधी सुवर्णपुरका जर्सी नं. ९ का राजेश परियारले जितेका छ्न । जित संगै दुबै खेलाडीले ५÷५ हजार नगद र ट्रफी समेत प्राप्त गरेका छ्न । बिजेता टीमलाई प्रदेश नं. २ का प्रदेश सभा सदस्य शंकर चौधरी र ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।

निर्मल युवा क्लबका अध्यक्ष हिरा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, जिल्ला समन्वय समिती पर्साका उप्प्रमुख ठाकुर प्रसाद न्यौपाने, ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ, वडा नं. ४ का वडाध्यक्ष बहि बहादुर पाख्रीन, साबिक निर्मल बस्ती गाबिसका पुर्व अध्यक्ष लाल बहादुर श्रेष्ठ, साबिक सुवर्णपुरका पुर्ब गाबिस अध्यक्ष जरी लामा, नेपाली काङ्ग्रेसका महासमिति सदस्य बृहस्पति कृष्ण श्रेष्ठ, पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सि.लामिछाने, नेपाली काङ्ग्रेस पर्सा जिल्ला सदस्य राम बहादुर श्रेष्ठ, जसपा केन्द्रिय सदस्यहरु अन्जान शाक्य, रत्न बिक्रम स्याङ्बो, नेकपा ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, युवा नेता दिलिप राज कार्की, माट्रीका आइ फाउन्डेसनका महेश सिंह धामी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा लगभग ४ हजार भन्दा बढी दर्शकको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​