जसपाको शुभकामना कार्यक्रम सम्पन्न

वीरगञ्ज ५ मंसिर । जसपाको आयोजनामा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यमा सम्पन्न शुभकामना अडान प्रदान कार्यक्रममा पर्सा न्रिवाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, प्रदेशसभा सदस्य प्रहलाद गिरी, मन्जुर अन्सारी, केन्द्रीय सदस्य शिव पटेल, नेजामुद्दिन समानी, पार्टीका जिल्ला अध्यक्ष राम नरेश यादव, पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार, पहाकामैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल, जसपाका नेता सलाउद्दीन अहमदलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना मन्तव्यमा वक्ताहरुले नेपालमा बसोबास गर्ने मधेसी समुदायको सबैभन्दा ठुलो पर्व छठ भएको हुनाले यसलाई हर्सौल्लासका साथ् मनाउन आग्रह गरेका थिए । कोरोनाभाइरस महामारीको जोखिम कायम रहेको हुनाले स्वास्थ्य सतर्कता अपनाउँदै नियुनतम भिडभाड गरेर छठ मनाउँन वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा मधेस आन्दोलनका बाल शहिद चन्दन पटेलको शालिकमा माल्याअर्पण समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​