पारसनाथ मन्दिरलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न आवश्यक : वक्ता

वीरगञ्ज ५ मंसिर । सखुवा पर्सौनी गाउँपालिकामा आयोजित छठको शुभकामना आदान प्रदान कार्यक्रम एवम् गङ्गा आरतीको दोस्रो वार्षिक उत्सव सम्पन्न भएको छ ।

गाउँपालिका कमिटिद्वारा आयोजित कार्यक्रम प्रदेश नं. २ मुख्यमन्त्री लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, प्रदेशसभा सदस्य, सखुवा पर्सौनी गाउँपालिकाका जनप्रतिनिधिलगायतले शुभकामना मन्तव राखेका थिए ।

वक्ताहरुले सखुवा पर्सौनीको पारसनाथ मन्दिरलाई पर्साको मुख्य पर्यटकीय स्थलका रुपमा विकास गर्न आवश्यक रहेको बताएका थिए । मन्दिरको एतिहासिक महत्व भएको हुनाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उनीहरुको भनाई थियो ।

वक्ताहरुले गङ्गा आरतीबाट मन्दिरमा आउने स्थानीय पर्यटकहरुको संख्या बढ्दै गएकोले यसलाई थप प्रभावकारी बनाउँन गाउँपालिका कमिटिसँग आग्रह समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​