मधेस र पहाडलाई जोड्ने पर्व हो छठ : मन्त्री भट्टराई

वीरगञ्ज ५ मंसिर । प्रदेश नं. २ लगायत मधेसी समुदाय बसोबास गर्ने नेपालका अन्य भूभागको मुख्य सांस्कृतिक पर्व छठपर्वको महत्व सम्बन्धि कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ ।

वीरगञ्जस्थित घडीअर्वा पोखरीमा आयोजित कार्यक्रम नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले छठ मधेस र पहाडलाई जोड्ने पर्व रहेको बताएका थिए । उनले छठको हुँदा हुँदै नेपालको सबैभन्दा ठुलो र सबैभन्दा धेरै मान्छेले मनाउने पर्व बन्दै गएको दावी समेत गरेका थिए ।

उनले मधेस र पहाड बीचको असमानतालाई अन्त्य गर्न छठ जस्तो पर्वलाई थप प्रभावकारी तरिकाले मनाउन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, पर्सा न्रिवाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, अन्य सांसद्, प्रदेश सांसद्, स्थानीय नेतालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम पश्चात मन्त्री भट्टराईसँग टोलिले विभिन्न स्थानहरुको अवलोकन समेत गरेको थियो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​