माईस्थान चाैकदेखी गीतामन्दिरसम्मकाे सडकलाई sky city बनाउने अवधारणाकाे उद्घाटन

वीरगन्ज – वीरगन्जकाे माईस्थान चाैकदेखी गीतामन्दिरसम्मकाे सडकलाई sky city बनाउने अवधारणाकाे उद्घाटन गरिएकाे छ ।

छठ पर्पकाे अवसरमा वीरगन्ज स्प्रीट क्लब र ईम्प्रुभिंग वीरगन्जद्वारा आयोजित एक कार्यक्रमका बिच वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले अवधारणााकाे उद्घाटन गर्नुभएकाे हाे ।

वीरगन्ज महानगरपालिका वडा न. ६ का पुर्व वडाअध्यक्ष एवम् अग्रज समाजसेवी दिना गुप्ताकाे सभापतित्वमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख सरावगीले छठ पर्वकाे समाप्ती लगत्तै साे सडकलाई कालाेपत्रे गरेर थप विकासका कार्यहरूलाई थालनी गर्ने याेजना अघि सार्नुभयाे । माईस्थानदेखी गीता मन्दिरसम्मकाे सडककाे मर्मत गर्दा पनि थुप्रै राजनिती भएकाे र यसले आफुलाई कुनै प्रभाव नपार्ने मेयर सरावगीकाे भनाई छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक कमलराज पण्डितले वीरगन्ज काे ट्राफिक व्यवस्थापनमा प्रहरी मात्रैकाे प्रयासले सार्थकता नपाउने बताउनुभयाे । साथै ११ महिनासम्मकाे कार्यकालमा आउँदा काेभिड १९ काे महामारीका कारण अपेक्षाअनुसार सुधारका कार्य गर्न नसकेपनि विगतकाे तुलनामा उल्लेख्य कामहरू भएकाे र केही हुने क्रममा रहेकाे पण्डितकाे भनाई छ ।

कार्यक्रमकाे बारेमा प्रकाश पार्दै युवा अभियानता एवम् व्यवस्थीत वीरगन्ज अभियानका संयाेजक दिलिपराज कार्कीले माईस्थानदेखी घडिअर्वा पाेखरीसम्मकाे सडक क्षेत्रलाई पर्यटकिय मार्गकाे रूपमा विकास गर्ने शुभ कार्यमा सबैकाे सहयाेगकाे आवश्यक्ता औल्याउनुभयो ।

क्लबका अध्यक्ष ओशन गुप्ताकाे संयाेजकत्वमा समप्नन कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरी, युवा नेता राकेश यादब, स्थानीय व्यावसायि सन्ताेष सर्राफ, बिरेन्द्र गुप्ता, वडा न. ६ कि वडा सदस्य सीता गुप्ता लगायतकाे उपस्थिति रहेकाे ईम्प्रुभिंग वीरगन्जका सरन गुप्ताले जानकारी दिनुभयाे ।

साे अवसरमा फाेहाेर व्यवस्थापनका लागि ६ वटा डस्टबिन पनि वितरण गरिएकाे थियाे । कार्यक्रमकाे सहजीकरण सञ्चारकर्मी सूर्यनारायण बि.क ले गर्नुभएकाे थियाे ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​