गायक तथा संगीतकार इन्द्र आरपीको ‘माया लै लै लै’ (भिडियो)

गायक तथा संगीतकार इन्द्र आरपीको ‘माया लै लै लै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

इन्द्र आरपीको शब्द, संगीत तथा आरपी र सुरज शाही ठकुरीको आवाजमा सजिएको गीतलाई श्याम बाग्दासले रेकर्ड तथा मिक्सिंग गर्नुभएको छ । गीतको एरेन्ज पनि गायक सुरज शाही ठकुरीले नै गर्नुभएको छ ।

गीतको भिडियोमा सुमी मोक्तान, सुधीर श्रेष्ठ र सुरेन्द्र बसेलले अभिनय गर्नुभएको छ । प्रख्यात सिनेम्याटोग्राफर हरि हुमागाईंले छायांकन गरेको भिडियोको निर्देशन पनि सुरेन्द्र बसेलले नै गर्नुभएको छ ।

मेकप आर्टिस्टको भुमिका दिपु पौडेलले निर्वाह गर्नुभएको छ भने दृश्य(सम्पादन रमेश थापा र रंगरोगन प्रविण श्रेष्ठले गर्नुभएको छ ।

भिडियो :

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​