ट्रम्पले पेन्सिलभानिया अदालतमा हालेको मुद्दा खारेज

वीरगञ्ज ७ मंसिर । चुनावमा धाँधलीको आरोपसहित पेन्सिलभानिया अदालतमा मुद्दा हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि अर्को धक्का लागेको छ ।

पेन्सिलभानिया राज्यको अदालतले उनको मुद्दा खारेज गरेको छ । ट्रम्पको निर्वाचन अभियानले हुलाकमार्फत हालिएको लाखौं मत रद्द गर्न माग गर्दै दायर गरेको मुद्दा त्यहाँको अदालतले खारेज गरिदिएको हो ।

बाइडेनले ८० हजार भोटले चुनाव जितेको पेन्सिलभानियामा न्यायाधीश म्याथ्यू ब्रानले ट्रम्पको मुद्दा खारेज गरेका हुन् ।

ट्रम्प अभियानले चुनावमा धाँधली भएको आरोप लगाइरहे पनि कुनै प्रमाण भने दिन सकेका छैनन् ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​