नारायणी अस्पतालमा गएराति भएको पिसिआर परिक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज – वीरगन्जको नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणमा ६ जना कोरोना संक्रमित थपिएका छन् ।

बारा र पर्साका विभिन्न स्थानबाट संकलित ९८ जनाको स्वाब परिक्षण गर्दा पर्साका २ जना, बाराका २ र नवलपरासीका १ जनामा संक्रमण पुष्ठि भएको छ । पर्साका ८६ र बाराका १२ जनाको थ्रोट स्वाबको नमुना परिक्षण गरिएकोमा २ जना महिलासहित ५ जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता एवम् बरिस्ठ चिकित्सक डा.अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

पर्सामा थपिएका संक्रमितमध्ये वीरगन्ज महानगरपालिका वडा न. २ का २ जना पुरूष रहेका छन् । त्यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा न. २६ का ३ जनामा संक्रमण देखीएको छ ।

उता नवलपरासीको गैँडाकोट नगरपालिका वडा न. ३ का १ जनामा पनि कोभिड रिपोर्ट पोजेटिभ आएको छ । थपिएका संक्रमितहरू २६ देखि ७० वर्ष उमेर समुहका रहेका छन् । उनीहरूको सिटी भ्यालु २४ देखि ३४ सम्म रहेको डा. चौरसियाले जानकारी दिनुभयो

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​