हत्या कसुरमा युवकलाई जन्मकैदको फैसला

वीरगञ्ज १९ मंसिर । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई हत्या कसुरमा जन्मकैदको फैसला सुनाएको छ ।

स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा २५ वर्षीय रोशन राउतलाई जन्मकैद सजाय र एक लाख जरिवाना गर्ने फैसला गरेको हो ।

बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा दोषी ठहर्‍याएको हो ।

यही भदौ २७ गते स्थानीय ५० वर्षीय महिला डोरकुमारीलाई सामान्य झगडामा लछारपछार गर्दै घरबाट गाईगोठमा लगेर खुकुरी प्रहार गरी हत्या गरेको अभियोग राउतमाथि लागेको थियो ।

हत्या गरिएकी महिलाका आफन्तले इलाका प्रहरी कटारीमा जाहेरी दिएपछि राउतलाई पक्राउ गरेर असोज २१ गते अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाइएको थियो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​