वीरगञ्ज- वीरगञ्जको मकालु चौकमा ५० लाखको लागतमा होटेल रोयल बि एण्ड डि फेमली रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।
हरी खेतान क्याम्पसको अगाडी एक कार्यक्रमका विच वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको भर्खरै सम्पन्न निर्वाचनमा केन्द्रिय सदस्यमा निर्वाचित गोपाल केडियाले उद्घाटन गर्नुभएको हो ।
आकर्षक रुपमा सजावट गरिएको होटेलमा एकैपटकमा ९० देखी १ सय जना सम्मले सेवा प्राप्त गर्न सक्ने रेष्टुरेन्टका सञ्चालक विजय महर्जनले बताउनुभयो ।
होटेलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गोपाल केडियाले केही फरक र नयापनसहित स्थापित रेष्टुरेन्टले ग्राहकलाई प्रभावित बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा होटल तथा पर्यटन व्यवसायि संघ पर्साका अध्यक्ष हरी पन्त, पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण युवा अभियानता दिलिपराज कार्कीले गर्नुभएको थियो ।