वीरगञ्ज – गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका ४ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ
। टेक्सटायल उद्योग अनुगमनको क्रममा ११ हजार रुपैया घुस लिएको आरोपमा कार्यालयमा कार्यरत सहायक निरीक्षक विरेन्द्र उपाध्याय, कार्यालय सहयोगीहरु पदम बहादुर रोक्का, सत्य नारायण चौधरी र सवारी चालक उदय प्रताप सिंहलाई प्रशासनले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताउनुभयो । सातामा दुई÷तीन दिन नियमित अनुगमन गर्दै आइरहेको गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख बरिष्ठ निरीक्षक शशीभुषण यादवले बताउनुभयो ।
तौल गर्ने मेसिन खराब छ भनेर नियन्त्रण लिएको र पछि बार्गेनिङ गरेर ११ हजार रुपैयाँ घुस लिएर काँटा फिर्ता गरिदिएका यादबले बताउनुभयो । ११ हजार घुस लिएको र गाडीमै बाँडफाँट गरेको पक्राउ परेकाहरुले स्वीकार गरीसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ