पानी जहाज र रेलको कुरा गरेर ओलीले झुक्याइरहे, ३ वर्ष उखान टुक्कामै बिताए -झलनाथ खनाल

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले पानी जहाज र रेलको कुरा गरेर केपी शर्मा ओलीले नागरिकलाई झुक्याएको आरोप लगाउनुभएको छ ।

संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाण्डौमा गरेको आमसभामा उहाँले कहिले पानी जहाजको कुरा त कहिले घर(घरमा पाइपबाट ग्यास ल्याउने कुरा गरेर नागरिकलाई झुक्याएको बताउनुभएको हो ।

यस्तै उहाँले ३ वर्षसम्मको अवधिलाई ओलीले उखान र टुक्कामै बिताएको आरोपसमेत लगाउनुभयो ।आफूहरुले काम गर्न कुनै अवरोध नगर्दासमेत केही कामै नगरि ३ वर्षको समयलाई अर्थहिन बनाएर जनमतको अपमान गरेको उहाँले बताउनुभयो ।

यस्तै आम नागरिकले जनमत केपी ओलीलाई नभएर नेकपा पार्टीलाई दिएकोसमेत बताउनुभयो ।रानीपोखरी, धरहरालगायत संरचना प्रधानमन्त्री ओलीको पालामा भएको भए पनि यो निर्माणमा उहाँको भूमिका खासै नरहेको उहाँले बताउनुभयो ।
यस्तै उहाँले बालुवाटार पुगेकै दिनदेखि ओलीले पार्टी बिर्सिएको आरोप लगाउँदै अब चुप लागेर बस्न नहुने बताउनुभयो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​