सुकुमबासीको नाममा राजनीतिक संरक्षण प्राप्त व्यक्तिहरुले नै वन अतिक्रमण गरिरहेको प्रदेश २ का मुख्यमन्त्री राउतको भनाई

पौष १४ – प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउतले सुकुमबासीको नाममा राजनीतिक संरक्षण प्राप्त व्यक्तिहरुले नै वन अतिक्रमण गरिरहेको बताउनुभएको छ ।

यस्ता भूमाफियालाई अविलम्ब कारबाहीको दायरामा ल्याउन उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मंगलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सुकुमबासीको नाम दिएर राजनीतिक संरक्षणमा वन अतिक्रमण भइरहेको भन्दै यस्तो कार्य सह्य नहुने बताउनुभयो ।

राजनीतिक संरक्षण प्राप्त हुकुमवासीहरु सुकुम्वासीको नाममा वन अतिक्रमण एवं फडानीमा संलग्न रहेको उहाँले बताउनुभयो । बर्दीवासमा पछिल्लो समयमा भएको वन फँडानीबारे अविलम्ब छानविन गर्न उहाँले वन सचिवलाई निर्देशन दिनुभयो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​