सुदूरपश्चिम प्रदेशमा ओली समूहका मन्त्री बोहरा बर्खास्त

काठमाण्डौ-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई आज पदमुक्त गर्नुभएको छ ।मन्त्री बोहरालाई पदमुक्त गरी प्रदेश प्रमुखलाई जानकारी गराइसकिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

अहिलेको राजनीतिक परिस्थितिका कारण उहाँलाई हटाइएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । बर्खास्तमा परेका मन्त्री बोहरा नेकपाको केपी शर्मा ओली समूहका केन्द्रीय सदस्य हुनुहुन्छ ।

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहराले पदमुक्त भएपछि प्रतिक्रिया दिँदै राजनीतिक पूर्वाग्रह राखेर आफूलाई पदमुक्त गरिएको हुनसक्ने बताउनुभयो । ‘मन्त्रीको जिम्मेवारीमा रहेर आफूले कार्यसम्पादन गर्दा मुख्यमन्त्रीको शिर उँचो बनाउने नै काम गरेको थिएँ’, बोहराले भन्नुभयो, ‘आफू संस्थापन पक्षमा लागेकै कारण पदमुक्त गरिएको हुन सक्छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​