पदभार सम्हालेको सय दिनभित्र १० करोड नागरिकलाई खोप दिने बाइडेनको घोषणा

काठमाण्डौ-अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड अमेरिकी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइसक्ने घोषणा गर्नुभएको छ ।

आउँदो जनवरी २० मा पदभार ग्रहण गरेको दिनदेखि १०० दिनभित्र १० करोड व्यक्तिलाई कोप लगाउन अहिले उपलब्ध गराइएको खोपको मात्रालाई पाँच गुणाले बढाउनुपर्ने उहाँले दाबी गर्नुभएको छ ।

उहाँले आफूले यसअघि नै घोषणा गरेको खोपको लक्ष्य पूरा गर्न ट्रम्प प्रशासनले चासो नदेखाएको बताउनुभएको छ । कोरोना भाइरसविरुद्धको खोप वितरणमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अहिले गरिरहेको कामप्रति पनि उहाँले आलोचना गर्नुभएको छ ।

ट्रम्प प्रशासनले डिसेम्बरको अन्त्यसम्ममा २ करोड नागरिकलाई खोप लगाउने लक्ष्य लिए पनि त्यसअनुसार काम नगरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​