आठ महिनापछि कोरोनाका कारण चीनमा एक जनाको ज्यान गयो

काठमाण्डौ-चीनमा आठ महिनापछि पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको छ । चीनले आठ महिनापछि कोरोना भाइरसको सङ्क्रमणबाट हेबेई प्रान्तमा आज एक जनाको ज्यान गएको पुष्टि गरेको अल जजिराले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढेपछि हेबई प्रान्तमा समुदाय स्तरमा कोरोना परीक्षण भइरहेको छ । जोखिम बढेपछि त्यहाँको यातायात, बजार पसल तथा विद्यालय बन्द भएका छन् ।जोखियुक्त सहरमा त्यहाँको सरकारले लकडाउन गरेको छ । दुई करोड मानिस घरभित्रै बसेका छन् ।

केही दिनअघि मात्रै राजधानी बेइजिङसँग जोडिएको हेबेईमा एकैदिन ५० जनाभन्दा सङ्क्रमित भेटिएका थिए । चीनमा आज एकैदिन १३८ जना सङ्क्रमित भेटिएका छन् । गएको वर्षको मार्च महिनापछि एकैदिन यति धेरै मानिसमा सङ्क्रमण भएको यो पहिलो पटक हो ।

यसैबीच कोरोना भाइरसको उत्पतिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० को टोली आज चीन जाँदै छ । डब्ल्यूएचओको टोलीलाई चीनले वुहानमा प्रवेश दिन्छरदिँदैन यसबारे केही खुलाएको छैन । कोरोना भाइरसको अध्ययनका लागि डब्ल्यूएचओले आफ्नो टिम वुहान पठाउन लामो समयदेखि चीनसँग छलफल गरेको थियो ।

यसअघि कोरोना भाइरसबारे अध्ययनका लागि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले तयार पारेको टिमलाई चीनले प्रवेशमा रोक लगाएको थियो ।सन् २०१९ को अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वभर फैलिएको छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​