बलिदानी दिवसको अवसरमा पकहामैनपुरमा शहिद पटेलको शालिक सरसफाइ

वीरगंज – पर्साको पकहा मैनपुरमा शहिद शत्रुधन पटेलको शालिक सरसफाइ र माल्यार्पण गरेर बलिदानी दिवस मनाइएको छ ।

पकहा मैनपुर गाउँपालिकाको वडा नं. ३ पकहा मैनपुर चौकस्थित रहेको शहिद पटेलको शालिक सरसफाइ गर्नुको साथै माल्यार्पण गरेर सोमबार बलिदानी दिवस मनाइएको जनता समाजवादी पार्टीका स्थानिय नेता नवलकिशोर पटेलले जानकारी दिए ।

बलिदानी दिवसको अवसरमा शहिद पटेलकी आमा समेत रहेकी पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुशमी देबी, जनता समाजबादी पार्टीका गाउँपालिका संयोजकद्वय विनोद मेहता, रामबाबु चौरसिया, स्थानिय नेता हरिन्द्र चौहान लगायतकाले शालिकमा माल्यार्ण गर्दै श्रद्धा सुमन व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​