बलिदानी दिवसको अवसरमा बीरगन्जमा श्रद्धाञ्जली सभाको आयोजना

वीरगंज- बलिदानी दिवसको अवसर जनता समाजवादी पार्टी पर्साले बीरगन्जको घण्टाघरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । आयोजित श्रद्धाञ्जली सभामा जसपा पर्साका जिल्लातहका प्रायजसो सबै नेताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा ज्ञात अज्ञात सहिदहरु प्रति नेताहरुले १ मिनेटको मौनधारण गरेका थिए भने शहिदहरुको तस्वीरमा माल्यअर्पण गरेका थिए । सभामा जनता समाजवादी पार्टीका नेता रामनरेश यादव,शशिकपुर मिया,प्रेमबावु पटेल,कृष्णा पटेल,पुरुषोतम झा,नेजामोदिन समानी, मुकेश द्विवेदी लगायतको उपस्थिती रहेको थियो । मधेशी शहिदहरुको सम्झना रहेका बर्ष मधेशभरी बलिदानी दिवस मनाइने गरिन्छ । यस बर्ष शहिद दिवसको अवसरमा प्रदेश २ को सरकारले सार्वजनिक विदा दिएको छ ।

 

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​