कलैयामा भ्यानको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा न.३ मा आइतबार भ्यानको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएकको छ ।

ना१ज ८८३९ नम्बरको म्याजिक भ्यानले ना४प ५१२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाराको प्रसौनी गाउँपालिका वडा न.५ बस्ने ४० वर्षीय दुर्योधन चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका चौधरीको उपचारको क्रममा कलैया अस्पतालमा बिहान सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न भ्यानसहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​