यातायात कार्यालय वीरगञ्जबाट ३ महीनामा ४ हजार ७ सय थान लाइसेन्स वितरण

वीरगञ्ज — यातायात व्यवस्था कार्यालय वीरगञ्जले बितेको तीन महीनामा ४ हजार ७ सय थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको छ ।

कार्यालयको लाइसेन्स शाखाका अनुसार चालू आर्थिक वर्ष २०७७÷७८ को माघसम्ममा ४ हजार ६९८ ओटा लाइसेन्स बितरण गरिएको छ । कोरोना महामारीका कारण यो वर्ष गत मंसिरबाट मात्रै लाइसेन्सको परीक्षा सञ्चालन भएको थियो । मंसिरयता तीन महीनामा ३ हजार २ सय ८० सेवाग्राहीले नयाँ र १ हजार ४ सय १८ जनाले वर्गीकरण थपेर लाइसेन्स बनाएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण लाइसेन्सको परीक्षा स्थगित भएकाले यो वर्ष सेवाग्राहीको चाप बढेको यातयात व्यवस्था कार्यालयका प्रमुख शुशील साहले बताउनुभयो ।यो कार्यालयले बितेको चैत ६ गते यता लाइसेन्सको परीक्षा लिएको थिएन । गत असारमा केही दिन कार्यालय खुले पनि नविकरणको काममात्रै भएको कार्यालयले जनाएको छ ।

यो वर्षको मंसिरदेखि लाइसेन्सको लिखित र ट्रायल परीक्षा पुनः सञ्चालन गरिएको प्रमुख साहले बताउनुभयो । गत चैतमा लिखित परीक्षा दिएका र ट्रायल पास गरेका सेवाग्राहीले समेत अहिले लाइसेन्स लिइरहेका छन् ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​