वीरगञ्जबाट लागूऔषध नाइट्रोभेट ट्याबलेटसहित एक जना पक्राउ

वीरगञ्ज —  वीरगञ्जबाट लागूऔषध नाइट्रोभेट ट्याबलेटसहित एकजना पक्राउ परेका छन् ।

प्रहरीले वीरगञ्ज (३२ चोर्नी बस्ने २३ वर्षीय हरेन्द्र मण्डललाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ अटोमा आउँदै गरेका मण्डलले बोकेको झोला चेकजाँच गर्ने क्रममा शनिबार दिउँसो वीरगञ्ज(१६ रजतजयन्त्री चोकबाट उनी लागूऔषधसहित पक्राउ परेका हुन् ।

उनको बोकेको प्लास्टिकको झोलाभित्र नाइट्राभेट ट्याब्लेट १ हजार ४ सय ४० पिस र सेमफेक्स ट्याब्लेट ९६ पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजित कुँवरले जानकारी दिए ।

मण्डललाई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको उनले बताए ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​