पर्साको पर्सागढी का ५२ घर परिवारलाई खाद्यान्न सामाग्री वितरण

वीरगञ्ज – पर्साको पर्सागढी नगरपालिका वडा नं ५,६ र ७का ५२ घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

आसमान नेपाल स्ट्रिट चाइल्ड नेपाल र जावास संस्थाको सहयोगमा मुसहर, तात्वा र डोम परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो । वडाअध्यक्ष असलम आलमको अध्यक्षतामा राहतस्वरुप प्रतिपरिवार २५ किलो चामल, ३ किलो नुन, मासको दाल ३ किलो, मसुरोको दाल २ किलो, खाने तेल ३ किलो, २ किलो चना लगायतका सामाग्री वितरण गरिएको हो ।

खाद्यान्न सामाग्री वितरण कार्यक्रममा असमान नेपालका इमर्जेन्सी अफिसर धर्मेन्द्र चौरसिया,जवासका शिवनाथ यादव, पर्सागढीनगरपालिकाका उपमेयर अर्चना चौधरीवडा नं ५ का दलित महिला वडा सदस्य सतिया देवी,वडा सदस्य योगेन्द्र साह सैनुलाह मियाँ,लाल बाबु पण्डित, मात्रिक मंडल रमेश यादव लगायतका उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​