पर्सा प्रहरीद्वारा दुई महिनाको अवधिमा २ करोड रुपैयाँ बराबरको सामाग्री बरामद

वीरगञ्ज – पर्सा प्रहरीले दुई महिनाको अवधिमा भन्सार छलेर भित्रयाइएको २ करोड रुपैयाँ बराबरको सामाग्री बरामद गरेको छ ।

सिमानाकामा हुने तस्करीमा कडाइ गरेपछि गत पुसदेखि फागुन पहिलो सातासम्मको अवधिमा २ करोड १ लाख ४४ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुृर पाण्डेले जानकारी दिनुभयो ।

तस्करहरुले भन्सार छलेर नेपाल भित्रयाँउदै गरेका लत्ताकपडा, हार्डवैयरका सामान, मरिच, मोटर, छोहडा, भैसी, सवारीसाधनका पाटपूर्जा लगायतका सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ । अवैध सामानसहित पक्राउ परेका तस्करहरुलाई आवश्यक कारवाहीसमेत गरेको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​