मास्कट एकेडेमी २१ वर्षमा प्रवेश, १५ महिलासहित ५० जनाद्वारा रक्तदान

वीरगञ्ज — वीरगञ्जमा शैक्षिक संस्थाहरुको सुचिमा नाम आउने विद्यालयअन्र्तगत पर्ने मास्कट एकेडेमीले आजदेखी २१ वर्षमा प्रवेश गरेको छ ।

विगत २० वर्षदेखिका विभिन्न आरोह, अवरोह पार गर्दै २१ वर्षसम्मको यात्रालाई एकेडेमीले निरन्तरता दिँदै विद्यार्थी र अभिभावकको रोजाईमा पर्न सफल भएको छ ।

वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा १५ जना महिलासहित ५० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक धिरेन्द्र झाले जानकारी दिनुभयो ।

विद्यालयका निर्देशक छेदुप लामाको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव समारोहलाई वीरगञ्ज महानगरपालिका वडा न. ५ का अध्यक्ष प्रदिप चौरसिया, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, लक्ष्मी साहित्य समाजका अध्यक्ष महेशचन्द्र गौतम, फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष पंकज श्रेष्ठ, वडा प्रहरी कार्यालय विर्ताका जीवन सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालयकी प्रधानाध्यापिका अञ्जली श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजिकरण शिक्षिका रोशनी श्रेष्ठले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​