ठोरीको विजयवस्तीमा स्थानीय र सशस्त्र प्रहरीबीच तनाव

वीरगन्ज-पर्साको ठोरी गाउँपालिकाको विजयवस्तीमा सशस्त्र प्रहरीले ज्यादती गरेपछि आक्रोशित स्थानीयले सडक जाम गरेर आन्दोलन गरेका छन् । विजयवस्ती चोकमा बढी भीडभाड भएको विषयमा चोकमा चार पाँचजना बसेर छलफल भइरहेको समयमा जिल्लाबाट गएको सशस्त्र प्रहरीको टोलीले एक्कासी लाठीले हिर्काएपछि स्थानीय आक्रोशित भएको संतोष श्रेष्ठले बताउनुभयो ।

सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा गएको सशस्त्र प्रहरीको टोलीले सोधपुछ नगरी एक्कासी लाठी बर्साउान थालेको श्रेष्ठले बताउनुभयो । ठोरीतर्फ गएको र फर्किने बेलामा घेराउ गर्नका लागि आक्रोशित स्थानीयहरू विजयवस्ती चोकमा भेला भएर सशस्त्र प्रहरीको गाडीलाई रोकका छन् ।

सशस्त्र प्रहरीको गाडी स्थानीयले रोकेपछि विजयवस्तीमा तनाव भएको छ । स्थानीयले सशस्त्र प्रहरीका दोषीलाई कारवाहीको माग गरेका छन् । सशस्त्र प्रहरी नायव उपरीक्षकले आपूmहरुबाट गल्ती भएकोले माफी मागेको भएपनि स्थानीयले भने मानेका छैनन् ।

यस बिषयमा सशस्त्र प्रहरी १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्कासँग बुझ्दा उहाँले वडाका प्रतिनिधिले पटक पटक फोन गरेर चोकमा भीड हुने गरेकोले हटाउन आग्रह गरेपछि टोली पठाएर भीड हटाउन लगाएको बताउनुभयो ।

उहाँले कोरोना महामारीको समयमा निषेधाज्ञा लागू गरिएकोले चोकमा धेरै भीडभाड हुने गरेको गुनासो आएपछि टोली पठाएर हटाईएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​