लायन्स क्लबद्वारा नारायणी अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

वीरगञ्ज- बारा तथा पर्साका लायन्स क्लबहरुले वीरगञ्जस्थित नारायणी अस्पताललाई १ थान भेन्टिलेर उपलब्ध गराएका छन् । वैश्विक महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको हुँदा अस्पतालमा बेड, आइसियु तथा भेन्टिलेटरको अभाव खट्किदै गएको छ । सोही अभावलाई परिपुर्ति गर्ने अभिप्रायले सम्पुर्ण लायन्स तथा लियो क्लब अफ वीरगञ्ज क्षेत्र, कलैया, जितपुर सिमरा र गञ्जभवानीपुरमा आवद्ध सम्पुर्णको सहयोगबाट ७ लाख मूल्य पर्ने १ थान भेन्टिलेटर सोमवार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

लायन्सका एरिया चिफ बासुदेव तिमल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभ र प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. सञ्ज्य ठाकुरलाई हस्तान्तरण गरेका हुन् ।

भेन्टिलेटर हस्तान्तरण कार्यक्रम आकाश सर्राफको संयोजकत्वमा भएको हो । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका पास्ट इन्टरनेशनल डाइरेक्टर लायन सञ्जय खेतान, पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश कुमार अग्रवाल, वीरगञज महानगरपालिकाका प्रमुख प्रशासकिय अधकृत प्रदिप कुमार निरौला लगायतको उपस्थिती रहेको लायन्स क्लबका डिस्ट्रिक्ट एड्भाइजर डिएन अग्रवालले जानकारी दिए । कार्यक्रममा लायनकै देव चौधरीले धन्यवाद ज्ञापन गरेका थिए ।

यसअघि लायन्स क्लबले वीरगञ्ज महानगरपालिकामा अक्सिजन बैंकको स्थापना गरीसकेको छ । महामारीको समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक क्रियाकलाप गर्दै आएको लायन अनुप अग्रवालले बताए । अक्सिजन बैंकको कोर्डिनेटरसमेत रहेका अग्रवालले आगामी दिनमा आवश्यक्ताअनुसार नारायणी अस्पताल र महानगरपालिकासँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने दृढता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​