बिरगंज महानगरले २२ गतेदेखि २ सय वेडको आईसोलेशन संचालनमा ल्याउदै

पर्सा -वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ घडिअर्वा पोखरिको छेउमा रहेको गोपाल मण्डलीमा २ सय बेडको आइसोलेसन सेवा सञ्चालन हुने भएको छ । वीरगञ्जमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढीरहेको अवस्थालाई मध्यनजर गर्दै संक्रमितको उचित व्यवस्थापनका लागि २२ गतेदेखि सञ्चालन गरिने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

मेयर सरावगीका अनुसार निःशुल्क रुपमा खाना तथा बस्न र औषधिसमेत वितरण गर्ने गरी आइसोलेसन बनाउने तयारी तिव्र रुपमा भइरहेको छ । जसका लागि आवश्यक सामाग्रीको जोहो गर्ने काम अघि बढाइएको छ । कोरोना संक्रमित भएर घरमा आइसोलेट भएर बस्ने स्थानको अभाव भएकाहरुलाई मात्रै त्याँहा राखिने छ ।

यसअघि पहिलो चरणको कोरोना भाइरसको संक्रमण फैलिँदा पनि १ सय ११ बेडको आइसोलेसन सञ्चालन गरिएको गोपाल मण्डली धर्मशालामा अहिले २ सय बेडको आइसोलेसन सञ्चालन गरिने महानगरको तयारी छ । जसका लागि तकिया, तन्ना, गद्दा लगायत आइसोलेसन बनाउन प्रयोग हुने सामाग्रीहरुको किनमेल गर्ने काम भइरहेको मेयर सरावगीले बताए । उक्त आइसोलेसन सञ्चालनमा आएसँगै संक्रमिचको चाप थेग्न धेरै राहत हुने विश्वास पनि मेयर सरावगीले व्यक्त गरे ।

यसअघि वीरगञ्जको सिद्धार्थ मावीमा ६० बेड, होटल रानीपोखरीमा ५० बेड र राणी सती धर्मशालामा ६० बेडको आइसोलेसन सेन्टर बनाइएपछि यसपटक गोपाल मण्डलीमा मात्रै सञ्चालन गर्ने तयारी भइरहेको छ । यदि अन्य ठाउँमा पनि आइसोलेसन तथा क्वारेन्टिनको स्थापना गरेर संक्रमितको व्यवस्थापन गरे छुट्टै होम आइसोलेसन बस्ने ठाउँको अभाव भएकाहरुलाई राहत हुने नागरिक समाजका अगुवाहरुले धारणा राखेका छन् ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​