Breaking-News पर्सामा बैशाख ३० गते सम्म निषेधाज्ञा कायम राख्ने निर्णय

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले पर्सामा जारी लकडाउनलाई बैशाख ३० गते सम्मका लागि लम्ब्याएको छ । गते बैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा बुधबार बिहान सकिन लागेकोमा फेरि बैशाख ३० गते सम्मका लागि थपिएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बैशाख ३० गते राति १२ बजेसम्मको लकडाउन लगाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो । बीरगन्जस्थित नारायणी अस्पतालका बेडहरु संक्रमितले भरिएका छन् ।

बेड नपाएर अधिकांश संक्रमित होम आइसोलेसनमै बसिरहेका छन् । पछिल्लो एक हप्ताको तथ्यांक हेर्ने हो भने दैनिक सरदर १ सय देखि १५० दिनहुँ थपिरहेका छन् । घरघरै संक्रमित बढेपछि निषेधाज्ञा लगाएर कोभिड फैलिन रोक्ने प्रयास गरिएको हो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​