प्रधानमन्त्री ओली र नेता नेपालसँगको वार्ता ‘सकारात्मक’, बन्यो १० सदस्यीय वार्ता टोली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच दुई पक्षको वार्ता गर्न १० सदस्यीय वार्ता टोली बनाउने सहमति भएको छ। प्रधानमन्त्री ओलीले नेता नेपालसँगको वार्ता सकारात्मक रहेको प्रतिक्रिया सञ्चारकर्मीहरुसँग दिए। अब एमाले एकता हुन्छ त भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने- एकदमै। वार्ता टोलीमा ओली पक्षबाट पाँच जना र नेपाल पक्षबाट पाँच जना रहने सहमति भएको छ।

नेता नेपालका अनुसार आफ्नो पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त समूहमा छन् भने ओलीका तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र बिष्णु रिमाल वार्ता टोलीमा रहनेछन्। उसले केही दिनमै प्रतिवेदन प्रस्तुत गर्ने पनि नेता नेपालले जानकारी दिए।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​