महामारीको बेला आवश्यक स्वास्थ्य सामग्री खरिद गर्नुको साटो महिला सशक्तीकरणमा बजेट सिध्याउदै बिरगंज महानगर

पर्सा-बिरगंज महानगरपालिकाले महामारीमाको समयमा जनतको जिवधनको रक्षा गर्नुको साटो सार्वजनिक खरिद प्रक्रियामा व्यस्त भएपछी अहिले जनस्तरबाट आलोचना हुन् थालेको छ । पर्सा कोरोना संक्रमणबाट आक्रान भएको बेला बिरगंज महानगर एउटा प्राईबेट कल्बलाई ९७ लाख ९६ हजार ८ सय रुपैयाको खरिद प्रक्रियामा सहभागी गराई बजेट सिध्याउने खेलमा लागेको जनस्तरबाट टिप्पणी भएको छ ।

महानगरको कार्यालयले २०७७ ÷ १२ ÷ ०१ गते एउटा सुचना प्रकासित गरी महिला सशक्तीकरणको लागी निश्चित बजेट विधिबाट खरिद प्रक्रिया गरिएको जनाएको छ । उक्त खरिद प्रक्रियालाई दिब्य युवा कल्ब पर्साले सार्वजनिक खरिद एन २०६३ को दफा ३५ अनुसार आफुले खरिद प्रक्रिया पूरा गरेको जनाएको छ भने बिरगंज महानगरले २०७७ को नियम ९० र ३७ बमोजिम छनौटमा हुदा सार्वजनिक खरिद ऐन २०६३ को दफा ३८ बमोजिम उक्त प्रस्ताव परेको जारि सुचनामा उल्लेख गरेको छ ।

छनौट भएको कल्व बारे स्वीकृत गर्ने आशयको ७ दिने सुचना जारि गर्दै सबैलाई जनाकारी दिएको महानगरले जनाएको छ । तर दिनहु बिरगंजमा कोरोना सङ्क्रमितको संख्या बढ्दै जादा महानगरले उक्त रुपैयाबाट अक्सिजन सिलिन्डर ,आवश्यक औषधि तथा अन्य स्वास्थ्य उपकरण खरिद गर्दा महानरका जनतालाई राहत हुन्थ्यो भन्दै नगरबासीले आक्रोस पोखेका छन । महिला सशक्तीकारणको नाउमा मात्र बजेट सिध्याउने काम भएको कतिको बुझाईमा रेहको छ ।

जनता महामारीमा पिरोलिएको बेला महानगरले एका एक एउटा प्राबेट कल्वलाई त्यत्रो ठुलो रकमको खरिद प्रक्रियामा छनौट गर्नु कुनै नकुनै ढंगबाट महानगर बासीको आँखामा छारो हाल्ने काम भईरहेको बुझिएको छ । जनता कोरोना संग जुधि रहेको बेलामा एउटा शिर्षकमा एउटा प्राईबेट क्लबलाई छनौट गर्नु मात्र बजेट सिध्याउने खेल भएको विपक्षीले समेत प्रतिक्रिया दिएका छन ।

नगरप्रमुख सरावगीद्वारा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोगको अपिल

अनावश्यक रुपमा त्यत्रो बजेट खर्च गर्नु र अक्सिजन पाल्नट स्थापना गर्न सार्बजनिक रुपने सहगोगको अपिल गर्नु समय सान्दर्भिकता नभएको भन्दै धेरैले नगर प्रमुख बिजय कुमार सरावगीको चर्को आलोचना गरेका छन । उनले जनता संग सहयोग एका तिर मागेका छन भने अर्को तिर महिला सशक्तीकरणको नाउमा खरिद प्रक्रियाको आहवान गर्नु नगर प्रमुख सरावगीको दोहरो चरित्र भएको कतिपयले चित्रण गरेका छन ।

नगरप्रमुख सरावगीले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै वीरगञ्जका सरकारी तथा निजि अस्पतालसमेतमा पर्सा, बारा, रौतहट लगायत प्रदेश नम्बर २ भरीका कोरोना सङ्क्रमितहरुको उपचारमा लाग्ने अक्सिजनको मागलाई पूर्ति गर्न अक्सिजन प्लान्ट स्थापना गर्नेपर्ने देखिएकोले जनस्तरबाट आर्थिक सहयोग जम्मा गरेर अक्सिजन प्लान्ट स्थापना गर्ने योजना बनाएको बताएका छन् ।

उनले अटोमेटिक अक्सिजन प्लान्ट स्थपनाका लागि दुई करोडसम्म खर्च लाग्ने उल्लेख गर्दै महानगरपालिका एक्लैले उक्त रकम जुटाउन नसकेको कारण जनताबाट सहयोग माग्नु परेको भनेका छन । तर नगर बासीले लगभग एक करोडको सार्बजनिक खरिदको आहवान गर्नुको साटो त्यस रकमबाट केहि मात्रामा तत्कालको लागी अक्सिजन सिलिण्डर खरिद गरेको भए राम्रो हुन्थ्यो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​