नेपालमा काेराेनाकाे नयाँ ‘भेरियन्ट’ फेला परेकाे जानकारी छैन : डब्ल्यूएचओ

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालका काेभिड–१९ (काेराेना भाइरस) काे कुनै नयाँ भेरियन्ट भेटिएकाेबारे जानकारी नभएकाे बताएकाे छ । नेपालमा काेराेनाकाे नयँ भेरियन्ट फैलिएकाे भनेर हल्ला चलिरहेका बेला डब्ल्यूएचओकाे नेपालमा रहेकाे कार्यालयले बिहीवार आफ्नाे सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएकाे हाे । ‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन’, फेसबुक पेजमा भनिएकाे छ ।

नेपालमा रहेका भेरियन्टहरू अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) रहेकाे डब्ल्यूएचओले जनाएकाे छ । यस्तै अहिले नेपालमा सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) रहेकाे जानकारी दिइएकाे छ । भारतमा भेटिएको भेरियन्ट ( बी १.६१७.२) लाई डब्ल्यूएचओले ‘डेल्टा’ नाम दिएको छ ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​