गोर्खा सैनिकले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा बेलायतले नेपाललाई प्राथमिकता दिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतलाई कोरोनाविरुद्धको खोप सहयोग गर्न आग्रह गर्नु भएको छ । नेपाललाई खोप अत्यावश्यक भएको भन्दै प्रधानमन्त्री ओलीले बेलायतका समकक्षी बोरिस जोनसनलाई खोप सहयोग गर्न आग्रह गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले बीबीसीका दक्षिण एसिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा सहयोग गर्नु बेलायतको दायित्व हुने बताउनु भएको छ । उहाँले बेलायतका लागि नेपाली गोर्खा सैनिकले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा नेपाल प्राथमिकतामा पर्ने बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘म ब्रिटिश सरकारलाई, खासगरी प्रधानमन्त्री बोरिस जोनसनलाई, नेपालको अवस्था र हामी कसरी दुःख पाइरहेका छौँ भन्ने जानकारी गराउँदै केही गर्न भन्न चाहन्छु ।’बेलायतका विदेश मन्त्रालयका प्रवक्ताले पनि कोरोना महामारीमा नेपालसँग काँधमा काँध मिलाएर उभिने र स्वास्थ्य सामग्री तथा स्वास्थ्य विज्ञ पठाउन नेपाललाई प्राथमिकतामा राखेको बताउनु भएको छ । साभार उज्यालोबाट

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​