अबैध हुण्डीको ३ लाख रुपैया सहित बिरगंजका अमित कुमार गुप्ता पक्राउ

पर्सा -अबैद्ध हुण्डी कारोबार गर्ने ३ लाखा रुपैया सहति बिरगंजका ३९ बर्षीय अमित कुमार गुप्ता पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट बिशेष सुराकीको आधारमा खटेको प्रहरीको टोलीले वीरगंज महानगरपालिका वडा ६ बस्ने गुप्तालाई अबैद्ध ३ लाख हुण्डीको रुपैया सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकास खनालले बताए ।

प्रवक्ता खनालका अनुसार गुप्ताले ना २८ प ५७५८ नम्बरको मोटरसाईकल रक्सौलबाट चलाएर (बिरगंज) बसपार्क तर्फ आउदै गर्दा उनलाई नियन्त्रणमा लिएर शरीरको खानतलासी गर्दा अण्डरवेयरमा लुकाई राखेको अवस्थामा नगद ३ लाख बरामद भए पछि पक्राउ गरिएको हो ।

बरामद रुपैया र मोटरसाईकल सहित गुप्तालाई प्रहरी नियन्त्रणमा राखी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खनालले बताए ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​