कपडा बैंकद्वारा जगरनाथपूर गाउँपालिकाको खेखरियामा चामल र मास्क वितरण

पर्सा -वीरगंज कपडा बैंकले सोमबार पर्साको जरनाथपूर गाउँपालिकामा चामल वितरण गरेको छ । जगरनाथपूर गाउँपालिका वडा नम्बर ३ खेखरिया टोलका असहाय , बिपन्न तथा न्यून आयस्तर भएका ३१ परिवारलाई जनही १५÷१५ किलो चामल वितरण गरिएको कपडा बैंकका संयोजक वृजेश्वर चौधरीले बताए ।

यसका साथै २५० थान मास्क समेत वितरण गरिएको उनले जानकारी दिए । सामाजिक अभियन्ता चौधरीको संयोजकत्वमा रहेको कपडा बैंकले गत वर्ष देखि नै बिपन्न ,गरिब ,असहायलाई समय सान्दर्भिक सहयोग उपलब्ध गराउदै एको छ ।यस्ता कार्यालयलाई आगामी दिनमा समेत निरन्तरता दिदै जाने समाजित अभियन्ता चौधरीले बताए हुन् ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​