पार्टी एकताका लागि खनाल–नेपाल पक्षले पनि राख्यो सर्त (वक्तव्यसहित)

काठमाडौं – नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ ३ को पार्टी संगठनलाई सक्रिय बनाउने भनी गरेको प्रस्तावलाई अस्वीकार गरेको छ ।

उक्त समूहले अध्यक्ष ओलीले पार्टी एकताका लागि भन्दै राखेको प्रस्ताव अल्मल्याउने र विभाजन गर्ने दुरासयबाट आएको निष्कर्ष निकालेको छ ।
उसले संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने पनि जवाफ दिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए ।

जवाफमा नेता नेपालले उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम भएको बताएका छन् । ‘प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन निर्णय फिर्ता भएमा यससम्बन्धी विवादको स्वतः निरुपण हुनेछ’ नेता नेपालको जवाफमा भनिएको छ ।

आफूनिकट स्थायी कमिटीका सदस्यहरुको बैठकपछि जारी गरेको विज्ञप्तिमा ओलीमा विधानअनुसार अघि बढ्ने सोच नदेखिएको भन्दै आफू पक्षको संगठन निर्माणको कामलाई तीव्र रुपमा अघि बढाउने निर्णय गरेको छ ।

अध्यक्ष ओलीको प्रस्तावमाथि छलफल गर्नका लागि सोमबार नेपाल निकट स्थायी कमिटीका सदस्यहरुको भर्चुअल बैठक भएको थियो । सो बैठकपछि नेपाल पक्षले ओलीलाई ६ बुँदामा १५ सय शब्दको जवाफ लेखेको हो ।

नेपाल पक्षको विज्ञप्तिमा पार्टी एकतालाई अक्षुण राख्नका लागि नवौं राष्ट्रिय महाधिवेशनको निर्णय, पार्टी विधान र सर्वोच्च अदालतको फैसलाको अन्तर्यअनुसार अध्यक्ष ओलीको धारणा नआएको निष्कर्ष निकालिएको छ । अध्यक्ष ओलीले आइतबार साँझ छ बुँदे प्रस्ताव गरेका थिए जसमा २०७५ जेठ ३ गते पूर्वको संगठन क्रियाशील बनाउने उल्लेख थियो । साभार द नेपालटप

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​