आगामी वर्ष ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर : विश्व बैंक

काठमाडौं-विश्व बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्र सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यस्तो अनुमान गरेको हो ।

सन् २०२१ को दोस्रो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले सरकारले गरेको अनुमानभन्दा करीव आधा कम मात्र आर्थिक वृद्धिदर प्राप्त हुने बताएको हो । सरकारले आगामी आव २०७८/७९ को बजेटमा ६.५ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको छ ।

विश्व बैंकको पछिल्लो अनुमानअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक वृद्धिदर समेत सरकारले गरेको अनुमानको तुलनामा कम हुने छ । चालु आवमा सरकारले चार प्रतिशत हाराहारी आर्थिक वृद्धि प्राप्त हुने संशोधित अनुमान गरेको छ । तर, विश्व बैंकले भने मात्र २.७ प्रतिशत सम्मको वृद्धिको अनुमान गरेको छ ।

सरकारले चालु आवको बजेटबाट ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । तर, यो लक्ष्यलाई गत वैशाखमा केन्द्रीय तथ्यांक विभागले ४ प्रतिशतमा झारेर संशोधन गरेको थियो । साभार अनलाईन खबरबाट

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​