पोखरिया युवा कल्बद्वारा आर्थिक अवस्था ठिक नभएका दुई छोरीको बिहेमा सहयोग प्रदान

पर्सा -आर्थिक अवस्थाबाट कमजोर रहेका दुई परिवारको छोरीको बिहेको लागी पोखरिया युवा कल्बले खाद्यन सामग्री सहयोग गरेको छ ।

आज एक कार्यक्रमको बीच उक्त कल्बले जगतपूर र मन्न्पूर दुई ठाउँमा छुटाछुटै बसोबास गर्दै आएका आर्थिक अवस्था न्यून भएका दुई परिवारका छोरीको विहेमा चामल, आलु, प्याज, तेल, नुन, दाल, पता, ग्लास सहयोग गरेको कल्बका अध्यक्ष अफरोज आलमले बताए ।

उनले कल्बका पदाधिकारीले आफनो व्यक्तिगत खर्च कटाई गरेको सहयोग प्रशंसनीय रहेको बताए । यस्ता कार्यलाई अगामी दिनमा समेत निरन्तरता दिदै जाने उनले जानकारी दिए । यो कल्बले यस अघि पनि यस्ता सामाजिक कार्य गर्दै आएको छ । सो अवसरमा शैलेन्द्र शर्मा, राजेन्द्र कलवार, निरंजन क्षेत्री रबि रौनियार ,राजु गिरी, राजु रौनियार, राजकुमार, प्रमोद ठाकुर, ईन्द्रदेव चौरसिया,फहिम मिया, नबिरसुल मिया,संजय कुमार साह, कैइम आलम लगायतको उपस्तिथी रहेको थियो ।

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​