रामदेवले भने, ‘काेराेना खाेप लगाउँछु, डाक्टरहरू ‘देवदूत’ हुन्’

काठमाण्डाै – एलोपेथी (चिकित्सकीय प्रणाली) उपचार विधि र डाक्टरहरूको विरोधमा बोलेका बाबा रामदेवले अब कोभिड–१९ खोप लगाउने बताएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार बिहीवार बाबा रामदेवले चाँडो भन्दा चाँडो कोरोना खोप लगाउने बताएका हुन् । साथै उनले ‘डाक्टर पृथ्वीमा देवदूत’ भएको पनि बताए ।

यसअघि रामदेवले योग र आयुर्वेद अपनाएका कारण आफू सुरक्षित रहेको र आफूलाई कोभिड–१९ को खोपको कुनै आवश्यकता नभएको बताएका थिए ।

जुन २१ तारिखदेखि सबैलाई सित्तैमा कोरोना खोप दिने प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणाको स्वागत गर्दै रामदेवले यसलाई सरकारको ऐतिहासिक कदम भएको बताएका छन् ।

उनले सबैलाई कोरोना खोप लगाउन अपिल गर्दै आफूले पनि चाँडै नै खोप लगाउने बताएका थिए । साभार उज्यालोबाट अनलाईनबाट

कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार​